छापावाल सुन प्रतितोलामा २३ सय रुपैयाँ वृद्धि

काठमाडौं । आज बिहीबार छापावाल सुन प्रतितोला २३ सय रुपैयाँ बढेको छ । आज प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन पनि २३ सय रुपैयाँले नै बढेको छ । तेजाबी सुन प्रतितोला १ लाख ३९ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको भाउ भने ३० रुपैयाँले घटेको छ । आज चाँदी तोलामा १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर