आज नेपालले अमेरिकासँग खेल्दै

काठमाडौं । नेपालले आज टी-२० विश्वकप वार्मअप अन्तर्गत दोस्रो तथा अन्तिम खेल संयुक्त राज्य अमेरिकासँग खेल्दैछ । खेल राति सवा ९ बजे अमेरिकाको डालासमा हुँदैछ । यसअघि डालासमै भएको पहिलो वार्मअप खेलमा नेपाल क्यानडासँग ६३ रनको फराकिलो अन्तरमा पराजित भएको थियो ।

विश्वकपको तयारीमा रहेको नेपालले त्यसअघि वेष्टइण्डिजको सेन्ट भिसेन्टमा विनवार्ड्सविरुद्ध तीन र त्यसपछि अमेरिकामा ह्युस्टन हरिकेन्ससँग दुई टी-२० अभ्यास खेल खेलेको थियो । अमेरिकासँगको वार्मअप खेलसँगै नेपालको सम्पूर्ण विश्वकप तयारी सकिनेछ । विश्वकप १ जुनदेखि २९ सम्म अमेरिका र वेष्टइण्डिजमा सुरु हुँदैछ । नेपालले डालासमै नेदरल्याड्ससँग ४ जुनमा खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर