सुर्खेत जिप दुर्घटनामा चारजनाको मृत्यु

 

सुर्खेत । सुर्खेतबाट कालीकोट जाँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका-१३ को रातानाङ्लानजिकै टाकुरीमोडमा भएको दुर्घटनामा ४ जनाको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

बिहीबार बिहान २ बजेतिर भे १ च २५६० नम्बरको जिप दुर्घटनामा परेको हो । मृतकमध्ये तीन जनाको सनाखत भएको छ । दुर्घटनामा मृत्यु हुनेहरूमा कालीकोटको शुभकालिका गाउँपालिका-३ का नमराज विक, तन्त विका र उनका छोरा वीरेन्द्र विक छन्।

दुर्घटनामा घाइते भएका चालक कालीकोट खाँडाचक्र-९ का २५ वर्षीय नरेन्द्र विष्ट र शुभकालिका-३ भर्ताका ३८ वर्षीय नरी कामीको सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ६ जना सवार जिप सडकबाट अन्दाजी दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर