नेपाली राष्ट्रिय महिला फुटबल टोलीले चारदेशिय फुटबल प्रतियोगितामा सहभागिता जनाउने

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले लेबनानमा हुने चारदेशिय फुटबल प्रतियोगितामा सहभागिता जनाउने भएको छ । अखिल नेपाल फुटब संघ (एन्फा) प्रवक्ता सुरेश शाहका अनुसार प्रतियोगिता लेबनानले आयोजना गर्ने तय भएको छ । ‘लेबनानले यसका लागि हाम्रो टोलीलाई पनि निमन्त्रणा पठाइएको छ । हामीले यस प्रतियोगिताको लागि तयारी थालिसकेका छौं,’ उनले भने । प्रतियोगिता खेल्ने दुई टोलीका साथै मिति भने लेबनानले नै तय गर्ने उनले बताए । यस प्रतियोगिताका लागि राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बुधबार ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।
प्रतिक्रिया