विपक्षी दलको बूढानीलकण्ठ बैठकमा माधव नेपाल सहभागी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो निवास बूढानीलकण्ठमा बोलाएको विपक्षी दलको बैठकमा सत्तारुढ दल नेकपा एसका नेता माधवकुमार नेपाल सहभागी भएका छन् । नेता नेपाल आफ्ना पार्टीका अर्का नेता मेटमणि चौधरीलाई सँगै लिएर गएका थिए । उक्त बैठकमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता शरत्सिंह भण्डारीलगायत अन्य नेताहरू सहभागी थिए । विशेष गरेर मधेस र गण्डकीको सरकारका सम्बन्धमा छलफल भएको बताइतापनि प्रचण्ड सरकारको विकल्पका सम्बन्धमा मन्त्रण भएको बुझिएको । बूढानीलकण्ठ बैठकबारे कसैले पनि प्रकाश पार्न चाहेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर