बजेटपछि नेप्से परिसूचक आरोलो यात्रामा

काठमाडौं । बजेटपछिको पहिलो कारोबार दिन बुधबार नेप्से परिसूचक  २३ दशमलव ८१ अंकले घटेर दुई हजार ८९ दशमलव ४२ विन्दुमा झरेको छ । मंगलबार सार्वजनिक भएको बजेटले पुँजी बजारका माग समेट्न नसकेपछि लगानीकर्ताहरू निराश देखिएका हुन् । बजेटले केही ऊर्जा थप्ने र सुस्ताएको पुँजी बजारमा उत्साह छाउने आशामा बसेका लगानीकर्ता मंगलबार बजेट सार्वजनिक भएपछि निरास भएका हुन् । पुँजी बजारसँग सम्बन्धित निकायहरू धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जको क्षमता वृद्धि र संरचनागत सुधार गर्ने मात्र गरेर उनले अमूर्त कुरा बजेटमा गरिएको छ ।  त्यसैगरी, सिडिएस क्लियरिंग र बस्तु विनिमय एक्सचेन्जको विषयमा समेत त्यसबारे थप काम गर्ने उल्लेख अर्थमन्त्री पुनले गरेका छन् ।नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ । आज  अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड ७ लाख ३८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । हिजो ३ अर्ब ८९ करोडको शेयर खरिदबिक्री भएको  थियो । आज उपसमूहमध्ये चारको सूचकांक उकालो लागेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर