मार्सलले ९ सिजनपछि म्यानचेस्टर युनाइटेड छाड्ने घोषणा गरे

काठमाडौं । फरवार्ड एन्थोनी मार्सलले ९ सिजनपछि म्यानचेस्टर युनाइटेड छाड्ने घोषणा गरेका छन्। फ्रान्सेली खेलाडी सन् २०१५ मा मोनाकोबाट ३ करोड ६० लाख पाउन्डमा युनाइटेडमा अनुबन्धित भएका थिए। युनाइटेडबाट उनले ३१७ खेल खेल्दा ९० गोल गरेका छन्।२८ वर्षीय मार्सलले क्लबका लागि अन्तिम खेल ९ डिसेम्बरमा बर्नमाउथसँग खेलेका थिए। उक्त खेलमा युनाइटेड ३–० गोल अन्तरले पराजित भएको थियो।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘९ वर्षको अविश्वसनीय यात्रापछि मेरो क्यारियरमा नयाँ पृष्ठ बदल्ने समय आएको छ। सन् २०१५ मा युनाइटेड आएदेखि नै मैले यो जर्सी लगाएर विश्वका उत्कृष्ट समर्थकहरुको अगाडि खेल्ने अवसर पाएको थिए। म्यानचेस्टर युनाइटेड सधैँ मेरो हृदयमा रहनेछ।’ सन् २०२१ मा फ्रान्सका लागि अन्तिम खेल खेलेका मार्सलले युनाइटेडबाट काराबाओ कप, एफए कप र युरोपा लिग जितेका थिए भने सन् २०२२ मा सेभियाबाट लोनमा खेलेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर