अस्ट्रेलियाले नामिबियालाई ७ विकेटले हरायो

काठमाडौं ।  आसन्न टी–२० विश्वकपअघिको वार्मअप खेलमा अस्ट्रेलियाले नामिबियालाई ७ विकेटले हराएको छ । आज बिहान सम्पन्न खेलमा नामिबियाले दिएको १ सय २० रनको लक्ष्य अस्ट्रेलियाले १० ओभरमा तीन विकेटको क्षतिमा पूरा गर्‍यो ।

उसका लागि ओपनर डेविड वार्नरले आक्रामक पारी खेले । २१ बलको सामना गरेका वार्नरले ६ चौका र तीन छक्कासहित अविजित ५४ रनको पारी खेलेका हुन् । यस्तै, टिम डेविडले २३, कप्तान मिचेल मार्शले १८ र म्याथ्यू वेडले अविजित १२ रनको योगदान दिए । नामिबियाका लागि बर्नार्ड स्कोल्ट्जले दुई विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रन बनायो । उसका लागि जान ग्रीनले ३८, मलान क्रुगरले १८, गेहार्ड इरास्मसले १५, निकोलस डेविनले १४, जेपी कोएत्जेले १३ र डेविड भिसेले १२ रन बनाए ।

अस्ट्रेलियाका लागि एडम जाम्पाले तीन, जोस हेजलउडले दुई, नाथन एलिस र टिम डेविडले एक/एक विकेट लिए । विश्वकपमा यी दुई टोली समूह ‘बी’ मा छन् । यस्तै, नेपाल समूह समूह ‘डी’ मा रहेको छ । नेपालले वार्मअप म्याचको पहिलो खेलमा क्यानडासँग ६३ रनले पराजित भयो । नेपालले अब दोस्रो वार्मअपमा बिहीबार अमेरिकासँग खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर