संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत : रोजगारीलाई ६ अर्ब रुपैयाँँ

काठमाडौं । संवैधानिक व्यवस्थाअनुसार आज जेठ १५ गते सङ्घीय सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१र०८२ को बजेट प्रस्तुत गरेका छन् । सो अवसरमा सदनमा सांसदहरूको उपस्थिति सघन रहेको छ । यसअघि सदन बैठकमा सांसदहरूको उपस्थिति पातलो गरी रहँदैआएको थियो । यसैबीच सरकारले आगामी आर्थिक वर्षमा दुई लाखलाई न्यूनतम रोजगारी प्रदान गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट सङ्घीय संसदमा प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा सार्वजनिक निर्माण कार्यमा लगाउनका लागि दुई लाखलाई न्यूनतम १०० दिनको लागि रोजगारी प्रदान गरिने बताए । जसका लागि ६ अर्ब बजेट विनियोजन भएको हो । सरकारले पर्यटन पूर्वाधार विकासको लागि पाँच अर्ब ४६ करोड विनियोजन गरेको छ । नेपालमा विवाहका लागि आउने पर्यटकलाई सहजिकरण गरी सांस्कृतिक गन्तव्यलाई विवाह गन्तव्यको रुपमा विकास गरिने र जनकपुरलाई वेडिङ र लुम्बिनीलाई बर्थिङ हबका रुपमा विकास गरिने कार्यक्रम बजेटमा समावेश गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर