१० वर्षमा ३० खर्बको सूचना प्रविधि निर्यात गर्ने लक्ष्य

काठमाडौं । सरकारले आगामी १० वर्षमा ३० खर्बको सूचना प्रविधि निर्यात गर्ने लक्ष्य तय गरेको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले ५ लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष रोजगारी सृजना गर्ने लक्ष्यसहित ३० खर्बको प्रविधि निर्यात गर्ने लक्ष्य तय गरेको हो ।

यस क्रममा अर्थमन्त्रीले आगामी दशकलाई ‘सूचना प्रविधिको दशक’ प्रस्थान वर्षका रूपमा अघि बढाउने समेत बताए । सूचना प्रविधिलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा अघि बढाउने, डाटा सेन्टर स्थापना, बौद्धिक सम्पत्ति सुरक्षा लगायतका योजना समेत सरकारले योजना बनाएको छ । यी आयोजनाका लागि अर्थमन्त्रीले ५९ करोड विनियोजन भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर