सिरोहियालाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौं । नागरिकता विवादमा जिल्ला अदालतले थप तीन दिन थुनामा राख्ने अनुमति दिएसँगै थुनामा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौं ल्याइएको छ ।

गत शुक्रबार स्वास्थ्य समस्या देखिएपछि उनलाई जनकपुरको काव्य अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकको रेफरपछि सिरोहियालाई थप उपचारका लागि आज हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो ।

सिरोहियालाई मुटु र उच्चरक्तचाप लगायतको समस्या रहेको चिकित्सकहरूले जनाएका छन् । उनलाई काठमाडौंको मेडिसिटी अस्पतालमा रेफर गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर