तरुण दलको मशाल जुलुसमा प्रहरी हस्तक्षेप

काठमाडौं । नेपाल तरुण दलले आज सोमबार साँझ निकालेको मशाल जुलुसमा प्रहरीले हस्तक्षेप गरी लाठीचार्ज गरेको छ । तरुण दल सहकारीको रकम अपचलनमा मुछिएका गृहमन्त्री रवि लामिछानेविरुद्ध पशुपति क्याम्पस चाबहिलमा प्रदर्शन गर्दै थिए । लाठीचार्जबाट तरुण दलका केन्द्रीय सदस्य योगेश श्रेष्ठसहितका नेताहरू घाइते भएका छन् । आजको प्रहरी दमनविरुद्ध विद्यार्थी अझ सशक्त र जागरुक भएर आगामी दिनमा थप प्रदर्शन गर्ने तरुण दलको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर