नेप्सेमा आज सोमबार झिनो अंकको सुधार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको दोस्रो दिन आज सोमबार झिनो अंकको सुधार भएर बन्द भएको छ । आज नेप्से ३.९३ अंकले बढेर दुई हजार एक सय १३ दशमलब २७ विन्दुमा बन्द भएको हो ।  नेप्सेमा आज ३ अर्ब ८९ करोड ३७ लाख ६४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १४९ वटाको बढेको छ भने ९० वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेड, नेपाल वायरहाउजिङ कम्पनी लिमिटेड र कालिञ्चोक दर्शन लिमिटेड रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज क्रमशः १०, १० र ८.९.७९ प्रतिशतले बढेको छ ।   आज बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । सबैभन्दा बढि एनआरएन इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको २० करोड ४० लाख बराबरको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर