बालुवाटार बैठक असफल भएपछि आन्तरिक छलफलमा जुट्दै कांग्रेस

काठमाडौं । सहकारी टगी प्रकरणमा सहमति खोज्न बसेको राजनीतिक दलको बैठक प्रायः निष्कर्षविहीन भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा आज सोमबार बिहान बसेको बैठकमा सदा झैँ सत्तापक्ष र विपक्ष आ–आफ्नो अडानमा अडिग रहे । विपक्षले गृहमन्त्री रवि लामिछानेको नाम किटिएर संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राखेको छ भने सत्तापक्षले उक्त विशेष गरेर नेकपा एमालले उक्त अडानलाई अस्वीकार गर्दै आएकाले पनि आज बिहानको बैठक निष्कर्षमा पुग्न नसककेको हो ।

सत्तापक्षसँग वार्ताले ठोस आकार लिन नसकेको अवस्थामा भावी रणनीति तय गर्न कांग्रेसले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको छ । कांग्रेसले आन्तरिक छलफलका लागि सोमबार दिउँसो १ बजे पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।उनले भने, “हामी हाम्रो कुरा राखेर फर्किएका छौं । अब १ बजे कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गरेर फेरि साँझसम्मका प्रधानमन्त्रीसँग छलफल गर्छौ ।” बैठकमा प्रधानमन्त्रीसँग छलफल गर्न कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, मुख्य सचेतक रमेश लेखकसहितका नेता बालुवाटार गएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर