पत्रकार महासंघमा पत्रकारकै तालाबन्दी

काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा नेकपा एकीकृत समाजवादीनिकट समाजवादी प्रेस संगठन नेपालले आज सोमबार तालाबन्दी गरेको छ । महासंघले गैरपत्रकारहरूलाई समेटेर पत्रकारहरूको सदस्यताको अन्तिम नामावली प्रकाशित गरेको आरोप लगाउँदै उक्त नामावली खारेज गर्न माग गर्दै सञ्चारग्रामस्थित महासंघको केन्द्रीय कार्यालयको मूलगेटमा तालाबन्दी गरेको हो । गत जेठ ८ गतेको सहमति विपरीत महासंघले गैर पत्रकारहरूलाई समेटेर महासंघको आगामी जेठ २६ गते हुने निर्वाचनलाई प्रभावित गर्नेगरी सो सदस्यता नामावली छापामार शैलीमा ल्याइएको त्यसको खारेजीको माग गर्दै केन्द्रीय कार्यालयमा तालाबन्दी लगाउनु परेको संगठनका अध्यक्ष विश्वमणि सुदेवीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर