सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं । आज सोमबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइराखेको छ।

यसअघि आइतबार सुन तोलामा १ लाख ३६ हजार ९०० सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार २५० रुपैयाँ थियो। त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदीको तोलामा २५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा १८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर