गृहमन्त्री रविलाई केन्द्रविन्दु बनाएर कांग्रेसको विरोध प्रदर्शन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीविरुद्ध आजदेखि सडक संघर्ष सुरु गरेको छ । केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम आज आइतबार कांग्रेसले संघीइ राजधानीमा विरोध प्रदर्शन गरेको छ ।

कांग्रेसको निर्णयअनुार संसदमा सांसदहरूको वेल घेराउ तथा सडकमा उसका भ्रातृ संगठनको विरोध एकसाथ सुरु भएको छ । प्रदर्शनमा गृहमन्त्री रवि लामिछानेलाई केन्द्रविन्दु बनाइएको छ । प्रदर्शनकारीले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरण, नागरिकता, पासपोर्टलगायतमा छानबिन गर्नुपर्ने मागसहितको प्लेकार्ड बोकेका छन् । विरोध प्रदर्शनपछि हुने खुला सभालाई नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । प्रदर्शनमा काठमाडौं उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिमूलकरुपमा नेता कार्यकर्ता र सर्वसाधारणको सहभागिता छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर