भजन शिरोमणिको जीवनीमा आधारित फिल्म ‘आचार्य’को ट्रेलर सार्वजनिक

काठमाडौं । भजन शिरोमणी भक्तराज आचार्यको जीवनीमा आधारित फिल्म ‘आचार्य’को ट्रेलर सार्वजनिक भएको छ । पुनः सम्पादनसहित सार्वजनिक भएको फिल्मको ट्रेलरले सङ्गीत क्षेत्रमा स्थापित हुन आचार्यले गर्नुभएको सङ्घर्षलाई चित्रण गरिएको छ ।

भक्तराजको १६ वर्षको साङ्गीतिक जीवनीलाई प्रस्तुत गरिएको फिल्ममा आचार्यको भूमिकामा उनका जेठा छोरा तथा गायक सत्यराजलाई देख्न सकिन्छ । फिल्ममा प्रशान्त रसाइलीको निर्देशन छ । फिल्ममा सत्यराजसँगै सुनील पोखरेल, दयाहाङ राई, अरुणा कार्की, विपिन कार्कीलगायत कलाकार मुख्य भूमिकामा छन् । वरिष्ठ सङ्गीतकार तथा गायक आचार्यको निधनपछि फिल्मलाई पुनः रिलिज गर्न लागिएको हो । फिल्म रोशन राईले निर्माण गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर