कोपा अमेरिकामा पहिलो पटक महिला रेफ्री र असिस्टेन्ट

काठमाडौं। कोपा अमेरिकामा पहिलो पटक महिला रेफ्री र असिस्टेन्ट रहने भएका छन्। अर्जेन्टिनाको ब्यूनस आयर्समा शुक्रबार महिला म्याच अफिसियल नियुक्त गरिएको हो।

प्रतियोगितामा अमेरिकाकी मारिया भिक्टोरिया पेन्सो र ब्राजिलकी एडिना अल्भेस रेफ्रीको भूमिकामा रहनेछन्। ब्राजिलकी नेउजा ब्याक, कोलम्बियाकी मेरी ब्लान्को, भेनेजुएलाकी मिग्डालिया रोड्रिग्वेज र अमेरिकाकी ब्रुक मायो र क्याथरीन नेसबिट सहयोग भूमिकामा रहने छन्। निकारागुआकी तातियाना गुज्मानले भिडियो एनलाइसिस गर्ने छिन्। ‘यो सन् २०१६ देखि कोनमेबोलले लिएको प्रतिबद्धता हो। खेलको मैदान भित्र र बाहिर धेरै भन्दा धेरै महिलाहरूको विकास र व्यावसायिकीकरणमा कोनमेबोलले जोड दिन्छ। विभिन्न प्रतियोगिताहरूमा समानताका साथ फुटबललाई बढावा दिन्छ,’ दक्षिण अमेरिकी फुटबल निकायले भनेको छ।

आगामी २० जुनदेखि अमेरिकाले आयोजना गर्ने कोपा अमेरिकामा कुल १०१ म्याच अफिसियलले काम गर्नेछन् । इटालियन रेफ्री माउरिजियो मारियानी र उनका साथी डेनियल ब्रिन्डोनी र अल्बर्टो टेगोनी (सहायक) तथा मार्को डि बेलो र एलेजान्ड्रो डि पाओलो (भीएआर) ले पनि दक्षिण अमेरिकी च्याम्पियनसिपमा काम गर्नेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर