नाभासले गरे सन्न्यासको घोषणा

काठमाडौं ।  कोस्टारिकाका अनुभवी गोलरक्षक केलोर नाभासले सन्न्यास लिने घोषणा गरेका छन्।

राष्ट्रिय टोलीबाट १६ वर्षमा १०० भन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलेका ३७ वर्षीय नाभासले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत सन्न्यासको घोषणा गरेका हुन्। ‘हामीले बनाएका सबै सम्झनाहरूका लागि म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। हामीले सँगै इतिहास रचेका छौँ। विश्वका उत्कृष्ट खेलाडीको सामना गर्दै कोस्टारिकाको नाम उच्चस्तरमा पुर्‍याएका छौँ,’ नाभासले भने।

कोस्टारिकाको इतिहासकै उत्कृष्ट गोलरक्षक मानिएका नाभासले सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा आफ्नो राष्ट्रिय टोलीलाई क्वार्टरफाइनलसम्म पुर्‍याएका थिए। उनले सन् २०१८ को रुस र सन् २०२२ को कतार विश्वकप खेलेका थिए। नाभासले रियल म्याड्रिडसँग लगातार तीन पटक च्याम्पियन्स लिग जितेका थिए। रियलसँगै नाभासले एक स्पेनिस लिग र एक पटक कोपा डेल रेको उपाधि जितेका छन्।

स्पेनमा ५ सिजन बताएपछि उनी फ्रान्सेली क्लब पेरिस सेन्ट-जर्मेन (पीएसजी)मा आबद्ध भएका थिए। उनले पीएसजीमा ४ सिजन बताए। नाभासले कोपा अमेरिकामा खेल्ने अपेक्षा गरिएको थियो। तर, उनले प्रतियोगितामा खेल्ने र त्यसपछि टोलीबाट सन्न्यास लिने योजना बनाएका हुन या होइनन् भन्ने स्पष्ट भएको छैन। ‘म हार्दिक कृतज्ञताका साथ जाँदैछु। भूमिमा एक सानो देश छ तर हृदयमा ठूलो छ। यसलाई आत्मसात् गर्न गाह्रो हुन्छ। राष्ट्रिय टोलीमा मेरो जीवनको यो चरण समाप्त भएको छ,’ उनले भनेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर