सडक विभागको बालेनलाई चेतावनी : अराजक व्यवहारविरुद्ध प्रतिकारमा उत्रने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेण्र बालेन्द्र साह उर्फ बालेनको अराजक व्यवहारविरुद्ध सडक विभागले प्रतिकार गर्ने चेतावनी दिएको छ । बालेनले शनिबार सडक विभागअन्तर्गतको सडक डिभिजन काठमाडौंको गेटमा फोहोर थुपारेपछि सडक त्यसको प्रतिकार गर्ने जनाएको हो । महानगरले अगाडि बढाएको काममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको ‘ठाडो आदेश’ मा काम रोकिएकाको शनिबार साँझ महानगरले त्यहाँ एक ट्रक फोहोर पठाएको थियो।

सडक विभागले न्युरोड क्षेत्रमा मोटर गुड्ने पिच बाटो घटाएर पैदलयात्रीका फुटपाथ बनाउन भन्दै महानगरले शनिबार दिउँसो १२ बजे सडक काट्न सुरु गरेको थियो। सडक काटेर स्टान्डर्ड चौडाइ घटाउन नपाउने भन्दै सडक डिभिजनले रोक लगाएपछि महानगर आक्रोशित बनेको हो। महानगर प्रमुख बालेनको निर्देशनमा भएको उक्त कदम ‘अराजक’ भएकोसमेत सडक डिभिजन काठमाडौंले विज्ञप्तिमार्फत् जनाएको छ।

सडक डिभिजन काठमाडौंले शनिबार राति एक विज्ञप्ति जारी गर्दै विभागको अनुमतिबिना सडकको चौडाइ घटाउने काम गरेको र त्यसमा रोक लगाउँदा विषयान्तर गरेर रिङरोडको विषयलाई जोडेको डिभिजन कार्यालयले स्पष्टीकरण दिएको छ। यसअघि, शुक्रबारमात्रै डिभिजन काठमाडौंका प्रमुख र महानगर प्रमुखबीच आपसी सहकार्य गर्ने विषयमा छलफल भएको जनाउँदै कार्यालयले आफ्नो अधिकारक्षेत्रभित्र नपर्ने विषयलाई लिएर अराजक गतिविधि गरे प्रतिकारमा उत्रिने चेतावनीसमेत दिएको छ। मन्त्री महासेठको ठाडो आदेशमा काम रोकिएकाले ‘धुलो उपहार पठाएको’ महानगर प्रमुखले शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर