जिप दुर्घटना परी एक जनाको मृत्यु

काठमाडौं ।  पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका वडा नम्बर-७ स्थित मेची राजमार्गमा पर्ने हेवाखोलामा जिप दुर्घटना परी एक जनाको मृत्यु भएको छ । ताप्लेजुङबाट झापातर्फ जादैगरेको त्रिशक्ति कन्ट्रक्सनका कर्मचारीहरू बोक्ने बा. १७ च. ७९९९ नम्बरको जिप अनियन्त्रीत भएर सडकदेखि २५ मिटर तल खसेर नेपालगञ्ज निबासी बस्ने बर्ष ३५ बर्षिय चालक श्याम बिकको मृत्यु भएको छ ।

शुक्रबार साँझ भएको दुर्घटनामा परी जिपमा सवार घाईतेहरुलाई उद्धार गरी जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ । उक्त गाडीमा सवार रहेका ईलाम जिल्ला निवासी ३१ बर्षिय लक्ष्मण मुखिया शरीरको बिभिन्न भागमा गंम्भिर चोट लागेर थप उपचारको लागि झापातर्फ रेफर गरिएको जिल्ला अस्पतालले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर