सेक्युरिटी प्रिन्टिङ प्रेस घोटालाका दोषी इन्जिनियर मृत फेला

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएका सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल मृत अवस्थामा फेला परेका छन्। उनी बिहीबार भक्तपुरस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। प्रारम्भिक अनुसन्धानका क्रममा उनले आत्महत्या गरेको बुझिन आएको प्रहरीले जनाएको छ । पोखरेलसहित अन्य ४ जना सुरक्षण प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएका थिए। विशेष अदालतले उनलाई ६ महिना कैद र ५ करोड ८४ लाख ५५ हजार १ सय ५९ रुपैयाँ जरिवाना असुलको फैसला सुनाएको थियो। उनी गत वर्ष निलम्बनमा परेका थिए।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर