संसदीय अवरोधको गाँठो फुकाउन नेताहरू कसरतमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको अग्रसरितामा प्रमुख दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा संसद्‌को दुबै सदनमा देखिएको अवरोधपूर्ण स्थितिमाथि चर्चा हनेछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रमुख सचेतक महेशकुमार बर्तौला, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, राष्ट्रियसभामा विपक्षी दलका नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक, माओवादीका मुख्य सचेतक हितराज पाण्डेलगायत सहभागी छन् ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै उनीमाथि अनुसन्धानको लागि संसदीय छानबिन समिति बनाउनुपर्ने भन्दै आज पनि संसद्‌को दुबै सदनमा अवरोध उत्पन्न गरेपछि बैठक आइतबारसम्मका लागि स्थगित गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर