१८ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । आज शुक्रबार पनि सुनको मूल्य घटेको छ। छापावाला सुन बिहीबार प्रतितोला १ लाख ३८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आज प्रतितोला १८ सय रुपैयाँले घटेर १ लाख ३६ हजार ६ सयर रुपैयाँमा कारोबर भइरहेको छ ।

तेजाबी सुनको भाउ पनि १८ सय रुपैयाँले नै घटेको छ । यो दिन तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले बताएको छ । चाँदीको भाउ भने १० रुपैयाँ प्रतितोलाका दरले घटेको छ । आज चाँदी तोलामा १ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १७ हजार ३७० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १६ हजार ८१० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५९० रुपैयाँ तोकेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर