अमेरिकालाई बंगलादेशविरुद्धको टी-२० सिरिज

काठमाडौं ।  आइसीसी टी-२० विश्वकप क्रिकेटको तयारीमा रहेको घरेलु टोली अमेरिकाले टेस्ट नेशन्स बंगलादेशविरुद्धको सिरिज जित्न सफल भएको छ । तीन खेलको सिरिजमा लगातार दोस्रो जित दर्ता गर्दै एक खेल अगावै सिरिज जितेको हो । विहीबार राति ह्युस्टनको प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा भएको खेलमा अमेरिकाले ६ रनको जित निकालेको हो ।

बंगलादेशका कप्तान नजमुल हुसेन शान्तोले टस जितेर अमेरिकालाई पहिले ब्याटिङको निम्तो दिएका थिए । टस हारेर ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा ६ विकेट गुमाएर १४४ रन बनाएको थियो । तर लक्ष्यको जवाफमा बंगलादेश १३८ रनमा अलआउट भई खेल ६ रनले पराजित भयो । सिरिजको पहिलो खेल पनि ५ विकेटले जितेको अमेरिकाले लगातार दुई खेल जितेर सिरिज कब्जा गरेको छ ।

पहिले ब्याटिङमा आएको आयोजक टोलीलाई ओपनरले राम्रो सुरुवात गराए । स्टिभन टेलर र कप्तान मोनांक पटेलले पहिलो विकेटका लागि ४४ रन जोडे । टेलरले ३१ रनको महत्वपूर्ण इनिङ खेले भने मोनांक पटेलले ४२ रनको महत्वपूर्ण योगदान दिए ।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका एन्ड्रिज गौस शून्य रनमा पभेलियन फर्किए भने अन्तिम खेलका नायक कोरी एन्डरसन ११ र हरमित सिंह भने खाता नखोलेर आउट भएका थिए । अमेरिकी टोलीलाई १४४ रनमा पुर्‍याउन आरोन जोन्सले योगदान दिएका थिए । उनले ३ चौका र १ छक्का प्रहार गर्दै ३५ रनको इनिङ खेले । बंगलादेशका लागि शोरिफुल इस्लाम, मुस्ताफिजुर रहमान र रिशाद हुसेनले समान २-२ विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर