गोरखा दरवारमा २१ औँ सवा लाख रोट महोत्सव सुरु

काठमाडौं । गोरखा दरवारमा आज बिहीबारदेखि २१ औँ सवा लाख रोट महोत्सव सुरु भएको छ । सिद्धाश्रम शक्ति केन्द्रको आयोजनामा ११ दिने महोत्सवको आयोजना गरिएको छ । महोत्सवमा गोरखनाथलाई सवालाख रोट अर्पण गरिने छ । महोत्सवको पहिलो दिन आज झाँकीसहितको शोभायात्रा निकालिएको थियो ।

महोत्सवले धार्मिक पर्यटक भित्राउन सघाउ पुग्ने विश्वास लिइएको छ । केन्द्रले २०६१ सालदेखि सवा लाख रोट महोत्सव आयोजन गर्दै आएको छ । गहुँ, जौ वा चामलको पिठोबाट तयार गरिएको ताइ र भुग्रे गरी दुई थरी रोट गोरखनाथमा चढाउने गरिन्छ । उक्त प्रसाद चढाउन करिब २० लाख रुपैयाँ लाग्ने अनुमान आयोजक संस्थाको छ ।
झण्डोत्तोलन, ज्योत पूजन, नाथयोगीहरुको वरण, स्तुति (वन्दना) स्तवन, पाठ, गुरु गोरखनाथको विशेष पूजनलगायतका कार्यक्रमको संयोजन महोत्सवमा हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर