वर्षायामको दुई महिना मेलम्चीको पानी काठमाडौंमा नआउने

काठमाडौं । काठमाडौं उपत्यका यस वर्षको वर्षायाममा मेलम्ची पानी नआउने भएको छ । बाँध क्षेत्रमा बाढी रोक्ने पूर्वाधार तयार नभएकाले यस पटकको वर्षायाममा पनि मेलम्चीको पानी उपत्यका नआउने समितिसम्बद्ध एक अधिकारीले बताएका छन् ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेका अनुसार ठुलो पानी पर्ने बित्तिकै आउने लेदोका कारण सुरु« मार्गमा असर पर्ने भएकाले वर्षायाममा पानी पथान्तरण बन्द गरिने छ । वर्षाको समय दुई महिना अवधिभर पानी उपत्यका नआउने उनको भनाइ छ । गत वर्ष बाढीले गरेको हेडवक्र्स अहिलेसम्म नबनेकाले वर्षयाममा पानी उपत्यका पठाउन सक्ने अवस्था नरहेको उनको भनाइ छ ।

सामान्यतया नेपालमा जुन ८ (जेठ २८) देखि मनसुन सुरु हुन्छ । यसपालि भने मौसम विज्ञान विभागले मनसुन सुरु हुने मिति किटान गरेको छैन । ठूलो पानी पर्ने बित्तिकै पानी पथान्तरण रोक्न टोली तयारी अवस्थामा रहेको समितिका कार्यकारी निर्देशक लामिछानेले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर