आइपिएल : राजस्थान क्वालिफायरमा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्स क्वालिफायरमा पुगेको छ। बुधबार राति भएको खेलमा रोयल च्यालेञ्जर्स बैंगलुरूलाई पराजित गर्दै राजस्थान क्वालिफायरमा पुगेको हो। राजस्थानले बेंगलुरलाई ४ विकेटले पराजित गर्दै क्वालिफायरमा सनराइज हैदराबादसँगको भेट पक्का गरेको हो। बैंगलुरूले दिएको १७३ रनको लक्ष्य राजस्थानले १९ ओभरमा ६ विकेट गुमाएर भेट्टाएको हो।

राजस्थानका ययश्वी जैसवालले सर्वाधिक ४५ रन बनाए। उनले ३० बलमा ८ चौका प्रहार गरेका थिए। त्यस्तै रियान परागले २६ बलमा २ चौका र २ छक्का प्रहार गरी ३६ रन जोड्न सफल भएका थिए। यस्तै सिमरन हेटमायरले २६  र टम कोहलर-क्याडमोरले २० रनको योगदान गरे। कप्तान सञ्जु सामसनले १७ र ध्रुव जुरेलले ८ रनको योगदान गरेका थिए। बलिङतर्फ बैंगलुरूका मोहम्मद सिराजले २ तथा लोकी फर्गुशन, करन शर्मा र क्यामरून ग्रीनले १/१ विकेट लिएका थिए।

पहिले ब्याटिङ गरेको बैंगलुरूले ८ विकेट गुमाएर १७२ रनको योगफल तयार गरेको थियो। त्यस क्रममा ओपनर विराट कोहलीले २४ बलमा ३ चौका र १ छक्का प्रहार गरी ३३ रन बनाए। रजत पतिदरले ३४, महिपाल लोम्रोरले ३२ र क्यामरन ग्रीनले २७ रन जोडेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर