सिरोहिया समातिनु ह्यु एन्ड क्राईको विषय होइन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कान्तिपुरका मालिक कैलाश सिरोहिया पक्राउ परेको विषयमा बुधबार आफ्नो प्रतिक्रिया दिँदै यो त्यत्ति ह्यु एन्ड क्राई (के-के नि भयो र अनि रुँनुपर्नेजस्तो) (hue and cry) नभएको बताएका छन् । ओलीले आफ्नो गृह जिल्लाका एक अनलाइन पत्रकारको जवाफमा भने, “कान्तिपुरले समाचार लेखेकै भरमा अध्यक्ष सिरोहियालाई गिरफ्तारी गरिएको भन्ने चाहिँ होइन् । उनले प्रश्न गरे, “के लेखेको भरमा पक्राउ पुर्जी जारी गरेको ? के लेखेको ? उनीमाथि आरोप के छ ? सरकारले गिरफ्तारी के लेखेको विषयमा भनेको छ ? लेखेको विषयमा यो लेख्यो भनेर हो र ? अहिलेको गिरफ्तारी लेखेको विषयमा हो र ? त्यस्तो गलत व्याख्या चाहिँ उचित हुँदैन । देशमा सबै कानूनका मातहतमा छन् भन्ने कुरा सबैले बुझ्नु र मान्नुपर्छ ।”

उनले भने,”यसमा धेरै ह्यु एन्ड क्राई भइराखेको छ । यो त्यस्तो गर्नुपर्ने विषयजस्तो लाग्दैन मलाई । त्यसमा विवादका विषय हुन सक्दछन् । तर, उनलाई कुनै जन्मकैद गर्न खोजेको होइन । उनको कुनै, यो सञ्चारमाथिको हमला भनेर, पत्रकारमाथि फौजदारी अभियोग छ या मिडिया हाउसको प्रमुखमाथि बेग्लै मुद्दा छ । किन यो समाचार प्रकाशित गर्‍यो ? किन यस्तो बोल्यो भन्ने विषय त होइन । विषय अर्कै छ । त्यससम्बन्धमा फौजदारी कुरा होला । त्यससम्बन्धमा सरकारले छानबिन गर्नुपर्ने देख्यो भने अनि कोही समाउँदाखेरि मन्त्री समाउँदाखेरि, उपप्रधानमन्त्री समाउँदा हल्लिन, कराउन दुनियाँ गर्न नपर्ने ? एकजना मिडिया हाउसका मान्छे गिरफ्तार पर्दा डेमोक्रेसी कसरी खतरामा परिहाल्यो त ? यो सही वा गलत हो ? म त्यता जान चाहन्नँ । टाइमिङ ठीक भयो कि भएन ? त्यो बेग्लै कुरा होला । तर, डेमोक्रेसी नै खतरामा परिहाल्यो त ? अब के सञ्चारका हकहरु खोसिएकै हुन त ? यस्तो मिसइन्टरप्रेटेशन, गलत व्याख्या उपयुक्त हुँदैन् । जे यथार्थ हो, त्यही गर्नु राम्रो हो ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर