रविलाई बचाएका महान्यायाधिवक्ताको निर्णयविरुद्धको मुद्दा दर्ता प्रक्रियामा

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई महान्यायाधिवक्ता दिनमणि पोखरेलले दिएको ‘क्लिन चिट’ विरुद्धको रिट दर्ता हुने भएको छ । न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले रिट दर्ता गर्न सर्वोच्च प्रशासनलाई आदेश दिएको हो । यसअघि अधिवक्ता अनुपम भट्टराईले पेश गरेको रिट सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको थियो ।
सहकारीमा जम्मा गरिएको रकम हिनामिनामा संलग्न भएको भन्दै समाचारहरू सार्वजनिक भइरहेपछि गृहमन्त्री लामिछानेले महान्यायाधिवक्ताको कार्यालयले पत्र लेखेका थिए । त्यस आधारमा महान्यायाधिवक्ता कार्यालयले अनुसन्धान, अभियोजन र अनुसन्धान नभएको भन्दै क्लिन चिट दिइएको थियो । लामिछानेले भने त्यसैलाई आधार बनाउँदै आफ्नो बचाउ गर्दै आएका थिए । तर, महान्यायाधिवक्ता पोखरेलको भने आलोचन भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर