नेप्से परिसूचकको यात्रा उकालो चढ्दै

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकको वृद्धि भएर बन्द भएको छ । आज नेप्से १५।५४ अंकले बढेर दुई हजार एक सय ३१ दशमलब ४९ विन्दुमा बन्द भएको हो । नेप्सेमा आज ५ अर्ब ६८ करोड ७६ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ८१ वटाको बढेको छ भने १६१ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सामुदायिक लघुवित्त वित्तीय संस्था र बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेको छ । आज मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ८।०५ प्रतिशतले घटेको छ । सबैभन्दा बढि नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको २४ करोड ४२ लाख बराबरको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर