कांग्रेस सडक संघर्षमा : शुक्रबार काठमाडौंमा प्रदर्शन गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहकारीपीडितको मुद्दा लिएर सडकमा विरोध प्रदर्शन गर्ने भएका छन् । कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको बुधबार बसेको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।

सहकारी ठगीको आरोप लागेका गृहमन्त्रीमाथि संसदीय छानबिन माग गर्दै सदनको बैठक अवरुद्ध गरेको नेपाली कांग्रेसले शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा आन्दोलन गर्ने निर्णय गरेको छ । कांग्रेसले  सहकारीका बचतकर्ताको बचत फिर्ता र ठगी संलग्नमाथि कारबाही माग गरेको छ ।  नेपाली कांग्रेसमाथि सदनमा गृहमन्त्रीले लगाएको गम्भीर आरोपमाथि छानबिन गरी दोषीमाथि कारबाहीको माग पनि संयुक्त बैठकले  गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर