अमेरिकासँग बंगलादेश पराजित

काठमाडौं। अमेरिका भ्रमणमा रहेको बंगलादेश ३ टी-२० आई शृंखलाको पहिलो खेलमा घरेलु टोलीसँग पराजित भएको छ। मंगलबार राति सम्पन्न खेलमा अमेरिका ५ विकेटले विजयी भएको हो। योसँगै अमेरिकाले शृंखलामा १-० को अग्रता बनाएको छ।

बंगलादेशले दिएको १५३ रनको लक्ष्य पछाएको अमेरिकाले ३ बल बाँकी रहँदा ५ विकेट गुमाएर १५६ रन बनायो। अमेरिका स्टीवन टेलर २८ र ऐन्ड्रियस गौस २३ रनमा आउट हुँदा कोरी एन्डरसन ३४ र हरमीत सिंह ३३ रनमा अविजित रहे।

बंगलादेशका मुस्तफिजुर रहमानले सर्वाधिक २ विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५३ रन बनाएको थियो। बंगलादेशका तौहीद ह्वदोयले सर्वाधिक ५८ रन बनाए। महमुदउल्लाह ३१ र सौम्य सरकार २० रनमा आउट हुँदा अन्यको प्रदर्शन राम्रो रहेन। अमेरिकाका स्टीवन टेलरले सर्वाधिक २ विकेट लिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर