कडा सुरक्षासँगै सिरोहिया अदालतमा उपस्थित, जनकपुरमा विरोध प्रदर्शन

काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषाले कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियालाई म्याद थपका लागि धनुषा जिल्ला अदालतमा उपस्थित गराएको छ । उनलाई कडा सुरक्षाबीच अदालत उपस्थित गराइएको छ । अदालत वरपरको सुरक्षा व्यवस्थाका लागि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
अदालत जाने सडकमा प्रहरीले घेरा हालेको छ । अदालत प्रवेशमा समेत कडाइ गरिएको छ । नागरिकता किर्तेसम्बन्धी कसुरमा अनुसन्धानका लागि धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि उनलाई काठमाडौंबाट पक्राउ गरिएको थियो । यसै बीच कान्तिपुर मिडियाका अध्यक्ष कैशाल सिरोहिया पक्राउहरुविरुद्ध जनकपुरमा प्रदर्शन भएको छ । जनकपुर नागरिक समाजको ब्यानरमा प्रदर्शन भएको हो । जनकपरको सुकरबारी बजारमा सडक अवरुद्ध गर्दै जनकपुर उद्योग वाणिज्य संघ, व्यवसायी, नागरिक समाज धर्ना बसेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर