सिरोहिया धनुषा प्रहरीको हिराशतमा

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषाले हिरासतमा लिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार काठमाडौंमा पक्राउ गरेर अध्यक्ष सिरोहियालाई धनुषा लगेको हो । सिरोहियालाई जिल्ला प्रशासन धनुषाले दिएको नागरिकताको नम्बर अर्को व्यक्तिसँग मिलेको बहानामा उनको काठमाडौंस्थित कार्यकक्षबाटै गिरफ्तार गरिएको थियो । अध्यक्ष सिरोहियालाई पक्राउ गर्न प्रहरीको टोली कान्तिपुरको थापालीस्थित कार्यालयको आठौं तलाको कार्यकक्षमै पुगेको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुकुमार भट्टराई र एसपी रवीन्द्र रेग्मीसहितको टोलीसहितका प्रहरी अधिकृत सिरोहियाको कार्यकक्षमा प्रवेश गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर