नेप्सेमा आज मंगलबार दोहोरो अंकको वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकको वृद्धि भएर बन्द भएको छ । आज नेप्से २३.९४ अंकले बढेर दुई हजार एक सय १५ दशमलब ९४ विन्दुमा बन्द भएको हो ।  नेप्सेमा आज ५ अर्ब २० करोड ६२ लाख ८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १९४ वटाको बढेको छ भने ४३ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । अन्य पाँच कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढेको छ भने दुई कम्पनीको शेयरमूल्य ८ प्रतिशतले बढेको छ ।  आज साइन रेसुङ्गा डेभलपमेन्ट लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ४.२८ प्रतिशतले घटेको छ । सबैभन्दा बढि पोखरा फाइनान्स लिमिटेडको २४ करोड ६४ लाख बराबरको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर