प्रतिनिधिसभाकाे बैठकमा कांग्रेसकाे अवराेध जारी

काठमाडौं । प्रतिनिधिसभा बैठकमा मंगलबार पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवराेध गरेकाे छ। बैठकको सुरुमा नेपाली कांग्रेसका सांसद बद्रि पाण्डेले बोलेसँगै कांग्रेसले नाराबाजी गरी संसद अवराेध गरेकाे हाे। उनले गृहमन्त्री रवि लामिछानेलाई बोलेका कुरा पुष्टि गर्न र छानबिन गर्न चुनौती दिए। कांग्रेसकाे अवरोधका बीच नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिलाई धन्यवादको प्रस्ताव टेवल गरे।

कांग्रेसको नाराबाजीकै बीच प्रतिनिधिसभाले राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद प्रस्ताव पारित गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदले वेलमा नाराबाजी गरिरहेका बेला सभामुख देवराज घिमिरेले राष्ट्रपति पौडेललाई धन्यवाद दिने प्रस्ताव निर्णयार्थ पेश गर्दा  धन्यवाद प्रस्तावको विपक्षमा मत नआएको भन्दै सर्वसम्मतले पारित भएको घोषणा गर्दा विपक्षी दलहरु नाराबाजीमा थिए भने सत्तारुढ सांसदहरु मात्र आ-आफ्नो सिटमा बसेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर