सत्तापक्ष–विपक्ष टिओआरमै अड्कियो, बैठक अनिश्चित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने जनाएको छ । संसदीय छानबिन समितिको कार्याधिकारमाथि मंगलबार सहमति जुटाउन बसेको कार्यदलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कांग्रेस सहमहामन्त्री एवं सांसद जीवन परियारले समिति गठन गर्नुपर्नेमा सत्तापक्ष र प्रतिपक्ष सहमत भएपनि समिति नबनेसम्म संसद चल्न नदिने पार्टीको अडान यथावत् रहेको बताए।

“पार्टीले जुन विषयमा लामिछानेमाथि सहकारी अपचलनको विषयमा कुरा उठाउँदै आएको छ। आजको बैठकमा पनि सोही बारेमा हामीले कुरा राख्यौं। थप छलफल गरेर अगाडि जाने सहमति भएको छ। हामीले उठाएको विषयमा साझा सहमति कसरी तयार पार्न सकिन्छ, यसबारे पुनस् बैठक बस्दैछ”, उनले भने, “छानबिन समिति नबनेसम्म संसद चल्ने कुरा त हुँदैन।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर