मेसीको कप्तानीमा इक्वेडर र ग्वाटेमालासँग मैत्रीपूर्ण फुटबल खेल्ने

काठमाडौं। अर्जेन्टिनाले लिओनल मेसीको कप्तानीमा इक्वेडर र ग्वाटेमालासँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ। प्रशिक्षक लियोनल स्कालोनीले सोमबार दुई मैत्रीपूर्ण खेलका लागि २९ सदस्सीय टोली घोषणा गरेका हुन्। जुन टोलीमा  पाउलो डिबाला अटाउन सकेनन्।

मिडफिल्डर डिबाला सन् २०२२ मा अर्जेन्टिनाको विश्वकप विजेता टोलीका सदस्य थिए। अर्जेन्टिनाले जुन ९ मा इक्वेडरसँग शिकागोमा खेल्नेछ भने त्यसको ५ दिनपछि ग्वाटेमालासँग मेरिल्यान्डको ल्यान्डओभरमा खेल्नेछ। समूह ‘ए’ मा रहेको अर्जेन्टिनाले कोपा अमेरिकामा २० जुनमा क्यानडासँग एटलान्टामा खेल्दैछ। यो समूहमा चिली र पेरु पनि छन्। स्कालोनीले १२ जुन  कोपा अमेरिका खेल्ने अन्तिम टोली घोषणा गर्ने छन्।

अर्जेन्टिनाको टोली:

गोलरक्षक : फ्रेन्को अरमानी (रिभर प्लेट), जेरोनिमो रुली (अजाक्स) र एमिलियानो मार्टिनेज (एस्टन भिल्ला)

डिफेन्डर : गोन्जालो मोन्टेएल (नटिङ्घम फरेस्ट), नाहुएल मोलिना (एथ्लेटिको मड्रिड), लियोनार्डो बालार्डी (ओलम्पिक डी मार्सिले), क्रिस्टियन रोमेरो (टोटनह्याम), जर्मेन पेजेला (रियल बेटिस), लुकास मार्टिनेज क्वार्टा (फियोरेन्टिना), निकोलस ओटामेन्डी (बेनफिका), लिसान्द्रो मार्टिनेज (म्यानचेस्टर युनाइटेड), मार्कोस एक्युना (सेभिया), निकोलस टाग्लियाफिको (लियोन) र भ्यालेन्टाइन बार्को (ब्राइटन)

मिडफिल्डर : गुइडो रोड्रिगेज (रियल बेटिस), लियान्ड्रो परेडेस (रोमा), एलेक्सिस म्याक एलिस्टर (लिभरपुल), रोड्रिगो डी पल (एथ्लेटिको मड्रिड), एक्सेक्विएल पालासियोस (बायर्न लेभरकुजन), एन्जो फर्नान्डिज (चेल्सी), जियोवानी लो सेल्सो (टोटनह्याम), एन्जल डि मारिया (बेनफिका) र भ्यालेन्टिन कार्बोनी (एसी मोन्जा)

फरवार्ड : लियोनल मेसी (इन्टर मियामी), एन्जल कोरिया (एथ्लेटिको मड्रिड), अलेजान्ड्रो गार्नाचो (म्यानचेस्टर युनाइटेड), निकोलस गोन्जालेज (फियोरेन्टिना), लाउटारो मार्टिनेज (इन्टर मिलान) र जुलियन अल्भारेज (म्यानचेस्टर सिटी)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर