रविकै नाम राखेर संसदीय छानबिन समिति बनाउने तयारी

काठमाडौं ।  सहकारी छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलका सदस्य रास्वपाका सांसद शिशिर खनालले गृहमन्त्री रवि लामिछानेको नाम राखेर कार्यादेश बनाउन सहमत भएको बताए ।

बैठक बस्नु अघि सञ्चारकर्मीसँग रास्वपा सांसद खनालले कार्यदलमा रास्वपाकै कारण सहमति हुन नसके कार्यदलमै नबस्ने र  रवि लामिछानेकै नाम किटान गरेर कार्यादेश बनाउन सभापति लामिछानेले सन्देश पठाएको बताए । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको नेतृत्वमा गठित कार्यदलको मंगलबारको बैठकमा गृहमन्त्री रवि लामिछानेको नाम नराखी कार्यादेश बनाउने सहमति नजिक पुगेको थियो । पछि कांग्रेसले असहमति जनाएपछि कार्यादेश  बनाउने सहमति भँडिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर