पशुपतिनाथको भेटी चोरी गर्ने व्यक्तिहरू पक्राउ

काठमाडौं । पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा पैसा चोरी गर्ने व्यक्तिहरू पक्राउ परेका छन् । पशुपति क्षेत्र विकास कोषका ७ कर्मचारीसहित आठ जना पक्राउ परेका हुन् । रहेका कोषका प्रवक्ता रेवतीरमण अधिकारीकाअनुसार उनीहरूमाथि अनुसन्धान भइरहेको छ । ‘पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी गर्दै गर्दा (सिसि क्यामेरामा हेर्दा) कोषका कर्मचारीसहित आठ जनालाई पक्राउ गरी छानबिनका लागि अहिले प्रहरी वृत्त गौशाला पठाइएको छ,’ उनले भने ।

पशुपतिमा बाजा बजाउने कर्मचारी रहेको र पक्राउ परेका उनीहरूले कोषकै केही पदाधिकारीले भेटी चोरी गर्न लगाएको बयान दिएको प्रवक्ता अधिकारीले बताए । कोषका नायब सुब्बा नवराज ढोडारी, मन्दिरका व्राह्मणत्रय नवराज घिमिरे, राम सापकोटा र लक्ष्मण सापकोटा, मन्दिरमा बाजा बजाउने कर्मचारीत्रय अनिल परियार, सनिष कपाली र कुमार दमाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पशुपतिनाथ मन्दिर परिसरमा रहेको नेपाल इन्भेस्टमेन्ट मेघा बैङ्कको रकम सङ्कलन केन्द्रका एक कर्मचारी पक्राउ परे पनि नाम खुलाइएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर