संसदीय छानबिन समितिको कार्याधिकार टुंगो लगाउन बैठक

काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्याधिकार (टिआरओ) को टुंगो लगाउन आज पनि कार्यदलको बैठक बस्दैछ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा अहिले बिहानबाट छलफल भइरहेको छ । कार्यदलको बैठकबाट अहिले बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्नुअघि सहमति जुटाउने प्रयास गरिदैछ ।
कार्यदलमा संयोजक मन्त्री पदम गिरीसहित कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले संसदीय दलका प्रमुख सचेतक महेशकुमार बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनाल सदस्य रहेका छन् । सत्तारुढ दल र प्रतिपक्षी दलबीच गत शनिबार दिउँसो भएको पटक पटकको छलफलपछि संसदीय छानबिन समिति बनाउने सहमति जुटेको थियो । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री संलग्न रहेको भन्दै संसदीय छानबिन समितिको माग गर्दै संसद अवरुद्ध पार्दै आएको छ। सहमति भएन भने कांग्रेसले आज पनि संसदको दुबै सदनको बैठकमा नाराबाजी गर्ने पक्कापक्की छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर