मौसम : देशभर नै सामान्य बदलीको सम्भावना

काठमाडौं ।  आज देशका पहाडी क्षेत्रको मौसम आंशिक बदली छ। मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार आज देशभर नै मौसम सामान्य बदलीको सम्भावना छ । अहिले बदली रहेका पहाडी क्षेत्रसहित कोशी, लुम्बिनी र मधेश प्रदेशका केही ठाउँमा मेघगर्जन, चट्याङ र हुरी, बताससहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराईमा पनि केही शीतल महसुस हुनेछ । अरू बाँकी ठाउँमा मौसम सफा नै छ । अहिले नेपालमा स्थानीय र पश्चिमी वायुका साथै विहार आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर