गृहमन्त्री रविलाई कारवाही गर्न धनराजको पत्र सभामुखसमक्ष

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि कारबाही मुद्दामा कारबाही गर्न माग गरेका छन् । सोमबार सभामुख देवराज घिमिरेलाई पत्र लेख्दै गुरूङले लामिछानेमाथि अवहेलना मुद्दामा कारबाही गर्न माग गरेका हुन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा गृहमन्त्री लामिछानेले तथ्यहीन, आधारहीन कुरा गरी आफूमाथि मानमर्दन गर्न खोजेको गुरुङको भनाइ छ ।

रातो पासपोर्टमा आफूले अदालतबाट सफाइ पाइसकेको विषयलाई तोडमोड गरी नागरिकमा भ्रम सिर्जना गरेर आफूलाई अदालतभन्दा माथि राखी अभिव्यक्ति गरेको गुरुङले आरोप लगाए । उनले प्रतिनिधि सभा नियमावलीको नियम २१९ अनुसार गृहमन्त्रीमाथि कारबाही गर्न माग गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर