कांग्रेसको आजको गतिविधि इतिहासमा कलंकित रहने छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले आफूले विश्वासको मत लिँदा विरोध गरेर गल्ती गरेको बताए । प्रतिनिधिसभाको आज सोमबार बसेको बैठकमा विश्वासको मत प्राप्त गर्नेक्रममा सांसदहरू उठाएका प्रश्नहरू जवाफ दिँदै उनले विगतमा आफूले कांग्रेसलाई पटक पटक साथ दिएको तर कांग्रेसले आज आफूविरुद्ध देखाएको व्यवहारको मूल्य चुकाउनुपर्ने बताए । उनले संविधानअनुसार विश्वासको मत लिन नदिएर कांग्रेसले इतिहासकै नराम्रो उदाहरण प्रस्तुत गरेको आरोपसमेत लगाए ।

उनले भने, ‘म अवरोधमा रहेका मान्यज्युहरुलाई खासगरी नेपाली कांग्रेसका सबै मान्य सदस्यहरूलाई भन्न चाहन्छु, तपाईँहरूले आज गलत गर्नुभयो । तपाईँहरूले नेपालको इतिहासमा जुन प्रधानमन्त्रीले तपाईंहरुलाई पटक पटक साथ दियो, यो पटक पनि जुन प्रधानमन्त्रीले तपाईँहरूले संवाद र सहमतिको बाटोतर्फ ल्याउन सहयोग गरेको छ, त्यसलाई संविधानअनुसार विश्वासको मत लिन नदिएर तपाईँहरूले इतिहासकै नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो । त्यसको निम्ति म गहिरो दुःख प्रकट गर्न चाहन्छु । तपाईँहरूले नेपाली कांग्रेसको लागि धेरै मूल्य चर्को पर्नेछ, आजको तपाईँहरूको यो गतिविधि नेपालको इतिहासमा राम्रैसँग स्थापित हुनेछ, कलंकको रूपमा ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर