कांग्रेसको नाराबाजीबिच प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त भएको घोषणा

काठमाडौं । प्रतिनिधिसभाको आज सोमबार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठकमा उपस्थित १५८ सांसदमध्ये १५७ मत प्राप्त गरी विश्वासको मत प्राप्त गरेका छन् । सभामुख देवराज घिमिरेले बैठकमा उपस्थित १५८ सांसमध्ये प्रधानमन्त्रीले १५७ मत प्राप्त गरी विश्वासको मतको प्रस्तावको पक्षमा हुन्छ भन्ने सदस्यको बहुमत भएकाले उक्त प्रस्ताव संविधान र प्रतिनिधिसभाको नियमावलीअनुरूप पारित भएको घोषणा गरे । आज प्रतिनिधिसभामा विश्वासको मत लिने प्रक्रिया अवधिभर प्रतिपक्षी दल कांग्रेसले नाराबाजी जारी राखेका थिए । सभामुख घिमिरेले नाराबाजीबिच नै सम्पूर्ण बैठकको कारवाही टुङ्याएका थिए ।

सभामुख घिमिरेले विश्वासको मतको प्रस्तावको विपक्षमा शून्य मत परेको विश्वासको मत दिन्न भन्ने पक्षमा १ मत परेको बैठकमा जानकारी दिए । प्रतिनिधिसभाको अर्को बैठक भोलि बिहान ११ बजे बस्नेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर