सुन तोलामा ९ सयले वृद्धि भएर नयाँ कीर्तिमान कायम

काठमाडौं । आज सोमबारका दिन पनि सुनचाँदीको भाउले नयाँ कीर्तिमान कायम गरेको छ। आइतबार प्रतितोला १ लाख ४० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजाबी सुनको भाउ पनि ९ सय रुपैयाँले नै बढेको छ । आज तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । चाँदीको भाउ ३० रुपैयाँ प्रतितोलाका दरले बढेको छ । आज चाँदी तोलामा १ हजार ९ सय ४० रुपैयाँमा किबेच भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर