प्रधानमन्त्री प्रचण्डको विश्वासको मत लिने प्रक्रिया अवरुद्ध

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आज विश्वासको मत लिने प्रक्रिया अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले कांग्रेसको अवरोधपछि बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
सभामुखले बैठकअघि बढाउन खोजेपछि कांग्रेस सांसद वेल घेर्न पुगेका थिए । उनीहरूले ‘सहकारीपीडितलाई न्याय दे’, ‘संसदीय छानबिन समिति गठन गर’ भन्दै नारा समेत लगाएको थिए । (तस्बिरः फाइल)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर