वर्षाका कारण राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सले अंक बाँडे

काठमाडौं । इन्डियन प्रमियर लिग (आइपिएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ। गुआहाटीको बार्सापरा रंगशालामा आइतबार राति राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सबीचको खेल रद्द भएको हो। खेल रद्द भएपछि दुवै टिमले एक/एक अंक बाँडेका छन्।

कोलकाताले पहिला नै क्वालिफायर १ खेल्ने पक्का गरेको थियो। क्वालिफायर १ खेल्नका लागि राजस्थानलाई जित्नै पर्ने दबाब रहेको खेल वर्षाका कारण प्रभावित भएपछि अब एलिमिनेटर खेल्नुपर्ने भएको छ। आइतबार लामो प्रतीक्षापछि केवल टस सम्भव भयो, जसमा कोलकाताले टस जितेर पहिले बलिङ रोजेको थियो। तर, लगत्तै पानी परेपछि खेल रद्द भयो। खेल रद्द भएपछि दुवै टोलीले एक/एक अंक पाए पनि राजस्थान रोयल्स दोस्रो स्थान गुमाउँदै तेस्रो स्थानमा झरेको छ।

कोलकाताको खेलको नतिजा जस्तोसुकै भए पनि पहिलो स्थानमा रहने निश्चित थियो। तर, राजस्थानले जित निकाल्दै १८ अंकसहित दोस्रो स्थानमा उक्लने मौका पाए पनि एक अंक मात्र पाउँदा १७ अंकमात्रै बनायो। सनराइजर्स हैदरावादको पनि त्यति नै अंक छ। तर, सनराइजर्स हैदरावादको नेट रन रेट राम्रो छ। जसका कारण हैदरावाद दोस्रो स्थानमा उक्लिदा राजस्थान रोयल्स तेश्रो स्थानमा नै चित्त बुझाउन बाध्य भयो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर